logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतका रक्षासचिव अजय कुमारलाई कोरोना संक्रमण


अंकुरण खबर
1.456K
Shares

भारतका संघीय रक्षासचिव अजय कुमारलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।

रक्षा सचिवलाई कोरोना संक्रमण भएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंह, शीर्ष सैन्य अधिकारी र अन्य कर्मचारीहरु बुधबारदेखि कार्यालय नगएको स्रोतलाई उदृत गर्दै टाइम्प अफ इन्डियाले जनाएको छ ।

उनलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ र मुख्य स्थानहरुमा डिसइन्फेक्सन गर्ने काम भइरहेको जनाइएको छ ।

रक्षासचिव कुमारको सम्पर्कमा भएका ३० जना सूची तयार गरिएको जनाइएको छ । उनीहरुलाई सेल्फ-क्‍वारेन्टाइनमा बस्‍नसमेत सूचित गरिएको स्रोतले जनाएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता भरत भूषण बाबुले यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको टाइम्स अफ इन्डियाले जनाएको छ । टाइम्स अफ इन्डिया