logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना महामारीबारे चीनले सार्वजनिक गर्‍यो श्वेतपत्र


अंकुरण खबर
728
Shares

चीन सरकारले कोरोना भाइरस विरूद्ध चीनको कार्य प्रगति शीर्षकमा श्वेतपत्र सार्वजनिक गरेको छ ।

तीन महिनाको छोटो अबधिमा महामारी विरूद्ध ठूलो प्रगति पाएको विषय समावेश गरेर चीनले श्वेतपत्र सार्वजनिक गरेको हो ।

श्वेतपत्रमा महामारी विरूद्धको कठिन अवधिमा गरेको काम र प्रभावकारी उपाय उल्लेख गरिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्वकै कारण एक अर्ब चालिस करोड जनसंख्या रहेको मुलुकले महामारी विरुद्ध जीत हासिल गरेको उल्लेख छ ।

भाइरस विरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्यले स्वेत पत्र जारी भएको चीनले बताएको छ । पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरसवाट ८४ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन । ४ हजार ६ सय ३८ जनाको कोरोनाले मृत्यु भइसकेको छ । एजेन्सी