logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउथ इण्डियनका चर्चित अभिनेता चिरञ्जीवीको हृदयघातबाट निधन


अंकुरण खबर
1.989K
Shares

साउथ इण्डियनका चर्चित अभिनेता चिरञ्जीवी सरजाको अकस्मात निधन भएको छ।

उनको आइतबार दिउँसो ३९ वर्षको उमेरमा हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चिरञ्जीवी कन्नड फिल्म उद्योगका चर्चित नायक हुन्। बेंगलुरुको एक निजी अस्पतालले उनको निधन भएको पुष्टि गरेको समाचारमा उल्लेख छ।

उनको निधन हृदयाघातका कारण भएको प्रारम्भिक रिपोर्ट भए पनि कोभिड १९ समेत परक्षिण गरिएको छ । जसको रिपोर्ट आएको छैन। हिजो दिउँसो करिब १ बजेको समयमा उनले आफ्ना पितासँग फोनमा कुरा गर्दै गर्दा उनलाई पसिना आउन थालेको थियो। उनी अचानक ढलेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो तर अस्पतालले उनलाई मृत घोषित गरिदियो।