logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो


अंकुरण खबर
1.3K
Shares

रुसमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।

मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६ हजार १४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसबाट १७१ जनाको मृत्यु भएको छ ।

रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यमा पनि चार लाख ८५ हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका आठ हजार ५९५ नयाँ संक्रमित फेला परेका हुन् ।

रुस संक्रमित संख्याको हिसाबमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा छ । यो सूचीको पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल छन् । अलजजिरा