logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नाइजेरियाको दुर्गम गाउँमा बन्दुकधारीको आक्रमण, कम्तिमा ५९ जनाको मृत्यु


अंकुरण खबर
663
Shares

अफ्रिकी देश नाइजेरियामा आतंकवादी आक्रमणमा कम्तिमा ५९ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तर–पूर्वी क्षेत्रमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।

बोर्नो राज्यको गुबायो जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय समय अनुसार मंगलबार अपराहन्न बन्दुकधारीले आक्रमण गरेका हुन् ।

बन्दुकधारीले गाउँलेको हत्या गुर्नका साथै भौतिक संरचना पनि ध्वस्त पारेका छन् । कुनै पनि समूहले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन ।

समाचार संस्था एएफपीका अनुसार आक्रमणमा ज्यान गुमाएका ५९ जनाको शव संकलन भएको बताएको छ । तर समाचार संस्था रोयटर्सले भने ६९ जनाको ज्यान गएको बताएको छ ।

गाउँलेले आफूको अभियान सम्बन्धी जानकारी सुरक्षा संयन्त्रलाई दिएको आरोपमा बन्दुकधारीले आक्रमण गरेको रोयटर्सको खबरमा उल्लेख छ ।

तर एएफपीका अनुसार स्थानीय बासिन्दाले आफ्ना पशुचौपाय जोगाउने क्रममा बिद्रोही मारिएकाले त्यसको प्रतिशोध लिन आक्रमण भएको उल्लेख गरेको छ ।