logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गर्मी मौसममा कोरोना भाइरस संक्रमण कम हुन्छ भन्ने भनाइ गलत : डब्लूएचओ


अंकुरण खबर
1.144K
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गर्मी मौसममा कोरोना भाइरस संक्रमण कम हुन्छ भन्ने भनाइ गलत भएको बताएका छ ।

यसअघि गर्मीको सिजनमा कोरोना भाइरसको संक्रमण कम हुने र चिसो मौसममा भाइरस धेरै समयसम्म सक्रिय रहने चिकित्सक तथा अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका थिए । तर कोरोना भाइरसको संक्रमण गर्मी मौसममा घट्छ भन्ने मान्यतालाई स्वास्थ्य संगठनले गलत साबित भएको बताएको छ ।

संगठनका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइकल जे रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नभएको स्पष्ट पारेका छन् ।

साथै उनले मौसम परिवर्तन हुँदा खतरनाक भएर जाने तथ्य पनि फेला नपरेको बताए । ‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ भन्ने’ – उनले भने ।

कोरोना भाइरस केही मुलुकमा न्युन भएपनि विश्वको धेरै मुलुकहरुमा यसको संक्रमण तीव्र फैलिरहेको छ । अहिलेसम्म विश्वभर ४ लाख १८ हजार ९ सय १८ जनाको ज्यान गइसकेको छ ।