logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ हजार नाघ्यो


अंकुरण खबर
1.378K
Shares

कोरोना भाइरसको महामारीले ब्राजिलमा मृतकको संख्या ४१ हजारभन्दा बढि नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २६१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ हजार ५८ पुगेको छ ।

एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख ५ हजार ६४९ पुगेको छ ।

३ लाख ६७ हजार ८९९ जनाको उपचार भइरहेको छ भने ३ लाख ९६ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् ।