logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो


अंकुरण खबर
1.391K
Shares

कोरोना भाइरसबाट रुसमा ५ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ७७९ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख २ हजार ४३६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ५३२ पुगेको छ ।

२ लाख ३४ हजार ७५४ जनाको उपचार भइरहेको छ भने २ लाख ६१ हजार १५० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।