logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कडा भौतिक दूरी अपनाउन दक्षिण कोरियाको चेतावनी


अंकुरण खबर
741
Shares

दक्षिण कोरियाले नोभेल कोरोना भाइरसका नयाँ संक्रमित ‘सिङ्‌गल डिजिट’ मा आउन्जेलसम्म कडा भौतिक दूरीको उपाय अवलम्बन गर्न नागरिकलाई चेतावनी दिएको छ ।

दक्षिण कोरियाको स्वास्थय मन्त्री पार्क नेयुङ होले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन कडा भौतिक दूरी कायम गर्न निर्देशन दिएका हुन् । उनले सिओल महानगरबासीलाई जतिसक्दो घरबाहिर ननिस्किन आग्रह गरेका छन् । बिहीबारमात्रै दक्षिण कोरियामा ५६ जना नयाँ संक्रमित फेला परेका थिए ।

उनले रात्रिकालिन मनोरञ्‍जनका स्थानहरु, धार्मिक स्थलहरु, म्युजियम र पार्कहरु बन्द गर्नसमेत निर्देशन दिएका छन् । यसअघि निश्‍चित दूरी कायम गर्दै यस्ता स्थानहरु खुला गरिएका थिए । विगत दुई सातादेखि लगातार ५० भन्दा बढी दैनिक संक्रमित फेला परेपछि कडा भौतिक दूरीको नियम अवलम्बन गराउन लागिएको हो ।

दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ३ पुगेको छ भने २७७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ६६९ जनाको उपचारपछि घर पठाइएक दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अलजजिरा