logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन साढे ११ हजार कोरोना संक्रमित फेला


अंकुरण खबर
689
Shares

भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९)का साढे ११ हजार संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५०२ नयाँ संक्रमित फेला परेका हुन् । अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि नौ हजार ५२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ६९ हजार ७९८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।