logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ ओटीटीमा रिलिज हुने


अंकुरण खबर
1.196K
Shares

अभिनेता सुशान्त सिंह राजपुत आफूले अभिनय गरेको अन्तिम चलचित्र दर्शकसामु नआउँदै संसारबाट बिदा भएका छन् ।

उनको अन्तिम अभिनय मुकेश छाबडाको निर्देशनमा बनेको चलचित्र ‘दिल बेचारा’ रहेको छ । जुन रिलिज हुन बाँकी नै छ ।

तर, अब यो चलचित्र हलमा नभई डिजिटल प्लेटफर्ममै आउने भएको छ । लकडाउनका कारण रोकिएका अरु चलचित्रसँगै सुशान्तको अन्तिम अभिनय रहेको ‘दिल बेचारा’ पनि ओटीटीमा रिलिज हुने भएको हो ।

यस चलचित्रमा सुशान्त र संजना सांघी मुख्य भूमिकामा छन् । अभिनेता सैफ अली खानको पनि महत्त्वपूर्ण भूमिका रहेको यस चलचित्रको रिलिज २०१९ को नोभेम्बरमा तोकिएको थियो ।

निर्धारित मितिमा रिलिज हुन नसकेपछि ८ मे का लागि दोस्रो पटक रिलिज मिति तोकिएको थियो । तर, कोरोनाको कहरका बीच उक्त मितिमा पनि रिलिज नहुने भएपछि अन्ततस् डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागिएको हो ।

‘दिल बेचारा’ हलिउड चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक हो ।

हलमा रिलिज भएको सुशान्तको अन्तिम चलचित्र ‘छिछोरे’ हो । यो चलचित्र २०१९ को ६ सेप्टेम्बरमा रिलिज भएको थियो । नितेश तिवारीको निर्देशनमा बनेको यस चलचित्रमा सुशान्त र श्रद्धा कपुर पहिलो पटक अनस्क्रिन जोडी बनेका थिए ।

५० करोड बजेटमा बनेको यस चलचित्रले दर्शकको मायाले २०० करोड कलेक्सन गर्न सफल बनेको थियो । एजेन्सी