logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी सरकारलाई सर्वोच्चको निर्देशन : लिंगका आधारमा हुने भेदभाव अन्त्य गर्नु


अंकुरण खबर
780
Shares

अमेरिकाको सर्वोच्च अदालतले लिंगका आधारमा कार्यस्थलमा हुने भेदभाव अन्त्य गर्न सरकारलाई निर्देशन दिएको छ । अदालतले लिंगका आधारमा कार्यस्थलमा हुने सबै प्रकारका भेदभाव र विभेद अन्त्य गर्न आदेश दिएको हो ।

तेस्रो लिंगी भएकै कारण रोजगारदाताले ती व्यक्तिलाई सेवाबाट हटाउनु नहुने अदालतले जनाएको छ । यौनमा आधारित भेदभाव गर्नु दण्डनीय हुने भन्दै अदालतले लिंगका आधारमा बनाएको पहिचानलाई कायम राख्नसमेत आदेश दिएको छ ।

केही रोजगारदाताहरुले भने अदालदतको फैसला पूर्ण नभएको भन्दै पुनरोवलोकनका लागि अपिल गर्ने जनाएका छन । अमेरिकी अदालतले सन २०१५ मा समलिंगी विवाहलाई वैधानिकता दिइसकेको छ ।

अमेरिकी नागरिक अधिकार ऐनले पनि व्यक्तिलाई कुनै लैंगिक, जातीय, धार्मिक र राष्ट्रियताका आधारमा विभेद गर्न नपाइने व्यवस्था गरेको छ । तर रोजगारदाताहरुले ती व्यवस्था विरुद्ध गतिविधि गरिरहेको समलिंगीहरुको आरोप छ । एजेन्सी