विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले दुई साता यता कोरोना भाइरस संक्रमणको दर बढ्दो क्रममा रहेको भन्दै चिन्ता जनाएको छ ।
जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक अधानोम टेड्रोस दुई सातायता विश्वमा हरेक दिन १ लाखका दरले कोरोना संक्रमित थपिइरहेको भन्दै चिन्ता जनाएका हुन् ।
पछिल्लो समय अमेरिका र दक्षिण एसियाका संक्रमण बढेको डब्लुएचओले जनाएको छ । हरेक दिन एक लाख नयाँ संक्रमित बढिरहेको र त्यसमा ७५ प्रतिशत संक्रमित दशवाट देशका रहेको डब्लुएचओले जनाएको छ ।
कोरोना नियन्त्रण भइसकेको चीनमा ५० दिनपछि संक्रमित देखिएको विषयमा पनि अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ । चीनमा फैलिएको संक्रमणले कोरोना नियन्त्रण गर्न सक्ने क्षमता भएका देशमा पनि पुनःसंक्रमण हुने जोखिम उत्तिकै रहेको पुष्टि गरेको महानिर्देशक अधानोमको भनाइ छ । एजेन्सी