logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउड अभिनेता सुशान्तको हत्या भएको परिवारको आशंका


अंकुरण खबर
1.04K
Shares

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या भएको आशंकासहित परिवारजनले अनुसन्धानका लागि प्रहरीलाई आग्रह गरेका छन् ।

मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आइतबार झुन्डिएको अवस्थामा भेटिएका राजपुतले आत्महत्या गरेको बताइरहँदा परिवारजनले भने हत्याको आशंका गर्दै निष्पक्ष छानविनका लागि प्रहरीलाई आग्रह गरेका हुन् ।

राजपुतले आत्महत्या गरे भन्ने विश्वास नरहेको बताउँदै मामा आरसी सिंहले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गरेका हुन् ।

प्रहरीले भने घटनाको प्रकृतिले अहिलेसम्म हत्या भएको बताउन सक्ने अवस्था नरहेको बताउँदै आएको छ ।