logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत र चीनका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु


अंकुरण खबर
6.032K
Shares

भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो । सोमबार राति दुई पक्षबिच ठूलो भिडन्त भएको भारतीय सेनाले जनाएको छ ।