चीनका विदेशमन्त्री वाङ्ग यीले भारत र चीनको सीमा क्षेत्रमा शान्ति कायम राख्नका लागि तनाव न्यूनीकरण गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
यसका लागि भारत र चीनबीच विद्यमान विवादहरु समाधान गर्न चीन तयार रहेको उनले बताएका छन् ।
#Indian troops on Mon. seriously violated the consensus of the two sides by illegally crossing the border twice and carrying out provocative attacks on Chinese soldiers, resulting in serious physical clashes: Chinese FM said on reports that 3 Indian soldiers were killed. pic.twitter.com/E1j3GYsAQT
— Global Times (@globaltimesnews) June 16, 2020
चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले भारससँग झडप भएको र यसमा परी तीन भारतीय सेनाको मृत्यू भएको पुष्टि गरेको छ ।
भारत र चीनबीच झण्डै चार दशकपछि पहिलोपटक दुईपक्षीय झडपमा सैन्य शक्तिको क्षति भएको हो । यद्यपि, यसबीचमा धेरैपटक दुई देशका सेनाहरु आमने सामने भएका थिए । एजेन्सी