logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वकै सबैभन्दा धेरै


अंकुरण खबर
1.079K
Shares

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सबैभन्दा बढी २ हजार ६ जनाको मृत्यु भएको छ।

यो संख्या भारतमा अहिलेसम्मकै उच्च हो भने पछिल्लो २४ घण्टामा विश्वभरकै धेरै हो।

पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १ सय ३५ जनामा नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ पुगेको छ भने ३ लाख ५४ हजार १६१ जना संक्रमित भएका छन्।

जसमध्ये भारतमा १ लाख ८७ हजार ५५२ जना उपचारपछि निको भएका छन् भने १ लाख ५४ हजार ६८८ जनाको उपचार भइरहेको छ।