logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले भारतलाई दियो कडा चेतावनी, ‘कुनै गलत कदम नउठाओस्’


अंकुरण खबर
1.651K
Shares

पूर्वी लद्दाखको गलवान भ्यालीमा भारत र चीनका सेनाहरुको बीचमा भएको झडपले तनाव झनै बढ्न थालेको छ ।

सोमवार राती भएको झडपमा पाँच चिनियाँ सैनिक सहित २० भारतीय सैनिकको मृत्यु भएको बताइएको छ । साथै ४३ जना चिनियाँ सैनिक घाईते भएका छन् । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले भारत र चीनको सीमामा सन् १९७५ पछि पहिलो पटक यति ठूलो हिंसा भएको हो ।

ग्लोबल टाइम्सको समाचारमा भारतलाई चीनले अमेरिकाको भनाइमा उश्रृंखल भएर कुनै गल्ती नगर्न चेतावनी दिएको बताएको छ ।समाचारमा ग्लोबल टाइम्सले भारतले सीमावर्ती क्षेत्रमा निर्माण कार्य जारीराखेकोले यस्तो भएको बताएको छ ।

समाचारमा अमेरिकाले इण्डो प्यासिफक नीतिका लागि भारतको प्रयोग गरिरहेको पनि बताएको छ । यो पनि उल्लेख गरिएको छ कि, चीन भारतसँग कहिल्यै युद्ध नचाहने पनि बताएको छ ।

चीन र भारतबीचको विवाद संवादबाट सुल्झाउन सकिने बताएको छ । एजेन्सी