सोमबार राति चिनियाँ सेना सँगभएको लडाईंमा घाइते भएका ४ भारतीय सैनिकको अवस्था गम्भीर रहेको सञ्चार माध्यमले जनाएका छन्।
पूर्वी लद्दाखको गलवान भ्यालीमा चिनियाँ सेनासँग सोमबार राति शारीरिक संघर्ष हुूँदा २० सैनिकको मृत्यु भएको भारतले पुष्टि गरिसकेको छ।
अन्य ४ जनाको अवस्था गम्भीर रहेको पुष्टि भएको छ। उक्त लडाईमा चीनतर्फ कति क्षति भयो भन्नेबारे केही खुल्न सकेको छैन।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वी लद्दाखमा भएको भिडन्तबारे छलफल गर्न सर्वदलीय बैठब आह्वान गरेका छन्।
मोदीले साँझ ५ बजे सबै पार्टीहरुसँग छलफल गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।