
आइतबार प्राण त्यागेका सुशान्त सिंह राजपुतको फुग्गी नाम गरेको कुकुरको अवस्था गम्भीर बनेको छ ।
अहिले सामाजिक संजालमा एउटा ह्दयविदारक फोटो भाइरल बनेको छ जुन फोटोमा फुग्गीले सुशान्तको फोटो हेरेर बसिरहेको छ ।
सुशान्तले फुग्गीलाई धेरै माया गर्थे । उनले फुग्गीसँगै खेलेका र रमाएका धेरै तस्विरहरु शेयर गरेका छन् । सुशान्तको मृत्युपछि उस्को अवस्था निकै नाजुक भएपछि सुशान्तका म्यानेजरले डाक्टरलाई बोलाएको थिए ।
कुकुरले खाना समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ । डाक्टरले सुशान्तको मृत्यु, सहन नसकेर कुकुरले पनि सुसाईड गर्न खोजेको बताएको भारतीय मिडियाले दाबीका साथ भनेका छन् ।
मानिसमा जस्तो चेतना कुकुरमा पनि हुन्छ भनेर धेरै उदाहरणहरु सुनेका र देखेका पनि छौं । जुन मध्य यो एउटा हो।

Comment here