logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुशान्तका अर्का फ्यानले पनि गरिन् देहत्याग


अंकुरण खबर
910
Shares

१४ वर्षीय बालक पछि २० वर्षीय युवतीले सुशान्तको नाम लिदै लगाइन् पासो

बलिउड अभिनेता सुशान्त राजपुतको निधन पछि भारतमा अहिले निकै हलचल मच्चिएको छ ।

उनका फ्यानहरु पनि निकै चिन्तित भएका छन् । फ्यानहरुले उनको निधन सहन गर्न सकेका छैनन् । एक जना फ्यानले उनको निधनको खबरसंगै आफुले पनि देहत्याग गरेका छन् । त्यो खबर सेलाउन नपाउँदै फेरी अर्की एक युवतीले पनि देहत्याग गरेकी छन् ।

देहत्याग गर्ने २० वर्षकी युवती रहेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ । आफ्नी भाउजुलाई म सुशान्त जस्तै निर्णय गर्दैछु भन्दै ति युवतीले घटना हुनु अघि सुनाएकी थिइन् । तर परिवारका सदस्यले उनको त्यो कुरालाई विश्वास गरेनन् । नभन्दै ति युवतीले त्यस्तो निर्णय गरेपछि परिवार शोकमा डुवेको छ ।

नन्दले त्यसो भनेपछि भाउजुले उनको कुरा विश्वास नगरेर दाई र आमालाई तिमीले यस्तो कुरा गरेको भनिदिन्छु, तिमी आजकल धेरै बोल्न थालेकी छौं भनेर हप्काएकी थिइन् ।