पूर्वी लद्दाखमा चिनियाँ सैनिकसँग भिडन्त भएपछि सबै राजनीतिक दलहरुसँग छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द् मोदीले सर्वदलीय बैठक बोलाएका छन्।
मोदीले अपराह्न ५ बजेका लागि सो भर्चुअल बैठक बोलाएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ।
सो बैठकमा भारतका प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने बताइएको छ। दुवै देशका सेनाबीच भएको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो। ७० भन्दा धेरै घाइते छन्।
उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ। भारतले औपचारिक रुपमा घटना के भएको थियो र आफ्ना कति सैनिक मारिए भन्नेबारे औपचारिक जानकारी अझै दिएको छैन।
मोदीले जवानको बलिदान खेर जान नदिने बताएपनि चीनको नाम अझै लिएका छैनन्।