logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इटालीमा कोरोनाको पहिलो केस दर्ता हुनु अगावै संक्रमण भित्रिएको दाबी


अंकुरण खबर
1.04K
Shares

इटलीका दूई शहरमा कोरोना संक्रमणको पहिलो केस दर्ता हुनु अगावै संक्रमण भित्रिएको अनुसन्धानले दाबी गरेको छ ।

इटालीका वैज्ञानिकहरुले दुई शहरमा रहेको ढलको पानीलाई अनुसन्धान गर्दा कोरोना संक्रमण अगावै शहर भित्रिएको दाबी गरेका हुन् । मिलान र ट्युरिन दूई शहर डिसेम्बर माहिनामा संक्रमित भएको विषयलाई नेश्नल इन्स्टीट्युट अफ हेल्थले जनाएको छ ।

चीनको उहान शहरले अन्तिम डिसेम्बरमा पहिलो केस दर्ता गराएको थियो भने इटलीमा पहिलो केस फेब्रअरीमा दर्ता गराइएको थियो । नेश्नल इन्स्टीट्युट अफ हेल्थले ४० वटा ढलका पानीलाई परिक्षण गरिरहेको जनाइएको छ ।

अक्टोबर र नाभेम्बरको पानी परिक्षण गर्दा नतिजा नाकारात्मक देखा परेको पुष्टि भएको छ । केस दर्ता हुनु भन्दा पहिलै इटलीमा संक्रमणले महामारीको रुप लिइसकेको वैज्ञानिकहरुले जनाएका छन् ।

भाइरस पत्ता लगाउने नयाँ प्रणालीले भाइरसमाथि नियन्त्रण पाउन सकिने जनाइएको छ । थुप्रै देशहरुले यो प्रणालीलाई अनुसन्धानको रुपमा प्रयागे गरिरहेका छन् । एजेन्सी