logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्कमा बसिरहेका व्यक्तिमाथि अन्धाधुन्ध चक्कु प्रहार, ३ जनाको मृत्यु


अंकुरण खबर
1.066K
Shares

बेलायतको रिडिङ्ग शहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

यो घटना रिडिङ्ग शहरको फोर्बरी गार्डन्स पार्कमा बेलायती समयानुसार बेलुकी साढे सात बजे भएको हो। घटनास्थलबाट प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घटनास्थलबाट पक्राउ परेका व्यक्ति लिबियाली मूलका भएको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ। एक प्रत्यक्षदर्शीले पार्कमा बसिरहेका समूहमाथि तीब्र रुपमा चक्कु हमला गरेको जानकारी दिए ।

प्रहरीका अनुसार यो घटनामा अन्य कसैलाई पनि पक्राउ गरिएको छैन। प्रधानमन्त्री बोरिस जोनसनले घटनामा मारिएकाहरुका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।