logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सलमानले आफ्ना समर्थकलाई भने-सुशान्तका परिवार र प्रशंसकलाई साथ दिनुहोस्


अंकुरण खबर
910
Shares

अभिनेता सुशान्त सिंह राजपुतको निधनले बलिउडमा नेपोटिजम बारे ठूलै बहस हुन थालेको छ ।

बलिउडमा नेपोटिजमलाई बढावा दिँदै सुशान्तलाई बलिउडबाट हटाउन खोजिएको भन्दै केही निर्देशक, निर्माता, ब्यानर र स्टार किड्समाथि आरोप लागेको छ ।

जसमा बलिउडका दबंग खान सलमानको पनि नाम आएको छ । सलमानलाई यो आरोप लागेसँगै सुशान्तका समर्थक सलमानको विरोधमा उत्रिएका छन् ।

सामाजिक सञ्जालदेखि सडकमा सुशान्तको न्यायका लागि अपिल भइरहेको छ । यस्तै विरोधका बीच सलमानले सामाजिक सञ्जालमार्फत् आफ्ना समर्थकलाई सुशान्तको परिवार र प्रशंसकलाई साथ दिन आग्रह गरेका छन् ।

सलमानले ट्विटरमा लेखेका छन्, “सुशान्तका समर्थकले प्रयोग गरेका शब्द र गालीलाई बेवास्ता गरी उनीहरुको इमोसनलाई बुझेर उनीहरुको साथ दिन म मेरा दर्शकमा अग्राह गर्न चाहन्छु । आफ्नो मान्छे गुमाउनुको पीडा एकदमै दुस्खदायी हुने भएकाले कृपया सुशान्तका परिवार र दर्शकलाई साथ दिनुहोस् ।” एजेन्सी