logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको बेइजिङमा घट्न थाले कोरोनाका नयाँ संक्रमित


अंकुरण खबर
806
Shares

चीनको राजधानी सहर बेइजिङमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० का नयाँ संक्रमितको संख्यामा कमी आएको छ ।

केही दिनयता निरन्तर कोरोना भाइरसका संक्रमित फेला परिरहेको यो सहरमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन मात्र २२ नयाँ संक्रमित फेला परेका थिए ।

पछिल्लो १० दिनमा पहिलोपटक बेइजिङमा नयाँ संक्रमितको संख्या १० भन्दा कम देखिएको हो । संक्रमितको संख्या दोस्रो पटक भएको वृद्धिको क्रममा बेइजिङमा २३० संक्रमित भेटिएका छन् । यसमध्ये धेरैजसो अधिकांश संक्रमित सहरको एक ठूलो खाद्य बजारसँग जोडिएका मानिस छन् ।

लकडाउन खुकुलो बनाउने निर्णय र छिमेकी सहरबाट आउने सार्वजनिक यातायातमा लगाइएको प्रतिबन्ध हटाइएसँगै बेइजिङमा कोरोना भाइरसका नयाँ संक्रमित बढेको बताइएको छ । बीबीसी