logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै : डब्लूएचओ


अंकुरण खबर
650
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो चौबीस घण्टामा थपिने कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सर्वाधिक भएको जनाएको छ ।

डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामा एक लाख ८३ हजार कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै उत्तर र दक्षिण अमेरिका थपिएको डब्लूएचओले जनाएको छ । जहाँ पछिल्लो चौबीस घण्टामा एक लाख १६ हजार संक्रमित पुष्टि भएका हुन् ।

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २० लाखभन्दा धेरै पुगेको छ । कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

संक्रमित संख्या १० लाखभन्दा बढी भएको पुष्टि गरेको ब्राजिलमा संक्रमणबाट मृत्यु हुनेको संख्यामा विश्वमा दोस्रो बढी रहेको छ । तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्‍न बाँकी रहेकाले वास्तविक संख्या अझ बढी हुन सक्ने बताएका छन् ।

मृत्यु हुने र संक्रमित हुने व्यक्तिहरूको संख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जयर बोल्सोनारोको दबाबका कारण ठूला सहरहरू फेरि खुला गर्न थालिएका छन् ।