logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनावरमा पनि मानवता हुन्छ : सुशान्तको कुकुरको पनि मृत्यु !


अंकुरण खबर
2.704K
Shares

आइतबार आत्मह(त्या गरेका चर्चित बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन भयो ।

उनको निधनले बलिउड तथा उनको परिवार शोकमा डुबेको छ । उनको निधनलाई लिएर मुम्बईमा रहेको ब्रान्द्रा प्रहरीले १५ जनामाथि अनुसन्धान गरिसकेको छ ।

उनको निधनले बलिउडमा नेपोटिजमको कुरालाई पुन स् उजागर गरेको छ । केहीले त्यस्को पक्षमा बहस गरिरहेका छन् भने केहिले विपक्षमा कुरा गरिरहेको छन् ।

सामाजिक सञ्जालमा सोनम कपुर, आलिया भट्टको फ्यान, फलोवर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोवर्स बढिरहेको छन् । करण जोहरले उनको ट्वीटर अकाउन्टबाट सबैलाई अनफलो गरे भने सोनाक्षी सिंन्हाले अकाउन्ट नै बन्द गर्नु पर्यो ।

केही दिन अघि जब सुशान्तको कुकुर उनको फोटो हेरेर रोयो‘। भन्दै समाचार सार्वजनिक भएको थियो ।

आज उनको कुकुरको निधन भएको खबर बाहिर आएको छ ।

भारतीय मिडियाहरुले उनको कुकुर फज्ड (फूग्गी) को निधन भएको दाबी गरेका छन् भने केहीले हल्ला मात्र भएको बताएका छन् । अभिनेता राजपुतको मृत्युपछि उक्त कुकुर अत्यन्तै उदास र बिक्षिप्त रहेको बताईएको छ ।

राजपुतको निधनपछि उनको तस्वीर हेरेर आँसु खसालिरहेको कुकुरको भिडियो पनि सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।

कुकुरले सुशान्तको मृत्युपछि खाना नै नखाएर प्राण त्यागेको बताईएको छ । आफ्नो मालिकको अभावमा बिक्षिप्त बनेको उक्त घरेलु जनावर लगातार चिन्तित मुद्रामा रहने गरेको थियो ।

यद्यपी कतिपय मिडिया एजेन्सीहरुले भने उक्त विवरण सही नभएको भन्दै समाचार छापेका छन् ।

भारतीय अनलाईन ओटिभीले उनको कुकुरको मृत्यु भएको दाबी नै गरेको छ । तर टाइम्स अफ इन्डियाले उनको मृत्युको हल्ला मात्र भएको बताएको छ ।