logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ लाख २० हजार नाघ्यो


अंकुरण खबर
1.183K
Shares

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ लाख २० हजार नाघेको छ ।

संक्रमणबाट ४ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २३ लाख ८८ हजार नाघेको छ । त्यहाँ १ लाख २२ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या ११ लाख १३ हजार नाघेको छ भने ५१ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ६ लाख नाघेको छ भने ८ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै भारतमा संक्रमितको संख्या ४ लाख ४१ हजार नाघेको छ भने १४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ ।

संक्रमणबाट हालसम्म बेलायतमा ४२ हजार ६ सय, इटलीमा ३४ हजार ६ सय, स्पेनमा २८ हजार ३ सय र फ्रान्समा २९ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४९ लाख ६५ हजार नाघेको छ ।