logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्ता व्यक्तिमा कोरोनाभाइरसको भ्याक्सिनले समेत काम नगर्ने वैज्ञानिकको दाबी


अंकुरण खबर
819
Shares

बेलायतका वैज्ञानिकले ज्येष्ठ नागरिकहरुका लागि सम्भवतः कोभिड–१९ को भ्याक्सिन प्रभावकारी नहुन दाबी गरेका छन्।

ब्रिटिश सोसाइटी अफ इम्युनोलोजीका अध्यक्ष तथा युसिएलमा इम्युनोलोजी विषयका प्राध्यापक आर्ने अकबरले यस बारेमा यस्तो दाबी गरेको बेलायती पत्रिका द गार्डियनले जानकारी दिएको छ।

उनले भने, ‘एउटा कुरा स्पष्ट छ कि स्वस्थ ज्येष्ठ नागरिकको शरीरमा पनि सामान्यतः इन्फ्लेमेशन बढी हुन्छ। हामीले यो बुझ्न जरुरी छ कि इन्फ्लेमेशन कहाँबाट आउँछ र ज्येष्ठ नागरिकमा यही इन्फ्लेमेशन कमजोरीसमेत अन्य थुप्रै लक्षणको रुपमा देखिने गर्छ। जब तपाईं कोरोना भाइरसद्वारा संक्रमित हुनुहुन्छ तब यो इन्फ्लेमेशन निकै बढ्ने गर्छ।

यस्तोमा वैज्ञानिकले इन्फ्लेमेशन आखिर कहाँबाट आउँछ भनेर पत्ता लगाउनुपर्छ । यो एउटा यस्तो कुरा हो जसबारे हामीले आफ्नो बुझाई विकसित गर्नुपर्नेछ ।’इन्फ्लेमेशन त्यो प्रक्रिया हो जब मानव शरीर कुनै संक्रमण वा समस्यासँग लड्नका लागि बढी मिहिनेत गर्नुपर्छ।

उनले भनेका छन्, ‘ज्येष्ठ नागरिकलाई भ्याक्सिनका साथै इन्फ्लेमेशन रोक्नका लागि केही अन्य कुरा पनि दिनु पर्नेछ जस्तै स्टेरोइड ड्रग डेक्सामेथासोन जसले भाइरसका कारण पैदा भइरहेको इन्फ्लेमेशनलाई रोक्न सकोस् । यसको मद्दतले कोभिड–१९ द्वारा संक्रमितको ज्यान बचाउन मद्दत पाइएको छ ।’

उनका अनुसार यदि ज्येष्ठ नागरिकलाई भ्याक्सिनका साथै स्टेरोइड ड्रग डेक्सामेथासोन दिइएको खण्डमा भ्याक्सिन थप प्रभावकारी हुनसक्छ ।