logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेक्सिकोमा ७.४ म्याग्निट्युडको भूकम्प, ६ जनाको मृत्यु


अंकुरण खबर
1.001K
Shares

मेक्सिकोमा ७.४ म्याग्निट्युडको भूकम्प आएपछि ६ जनाको मृत्यु भएको छ ।

दक्षिणी मेक्सिकोको प्रशान्त महासागरको तटमा मंगलवार आएको भूकम्पले गाउँहरूमा निकै क्षति पुर्‍याएको छ । धेरै मानिस घाइते भएका छन् ।

ती गाउँहरूबाट धेरै माइल टाढा रहेको मेक्सिको सिटीमा रहेका भवनहरू पनि क्षतिग्रस्त भएका छन् । शुरू सुनामीको चेतावनी दिइएको भए पनि पछि त्यसलाई उल्ट्याइएको थियो ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्रादोरले भूकम्पपछि १४० वटा परकम्प आएको र ती ससानो भएको बताए ।

स्थानीय समयअनुसार मंगलवार बिहान साढे १० बजे भूकम्प गएपछि मानिसहरू घरबाट बाहिरतिर भागेका थिए । उनीहरू एक घन्टापछि पनि सडकमै थिए ।

कोरोनाभाइरसको संक्रमण फैलिएकाले सरकारले सबैलाई मास्क लगाएर मात्र बाहिर निस्कनु भनेको भए पनि केहीले मास्क लगाएका थिएनन् ।

कोरोनाभाइरसका रोगीलाई भूकम्पले निकै समस्या दियो । भूकम्प आएपछि अस्पतालमा चिकित्सक र नर्सहरूले बिरामीहरूलाई अस्पताल बाहिर ल्याउनुपरेको थियो ।

हतारमा निस्कन नसक्नेहरू भवनभित्रै बलियो बीममुनि लुकिबसे । मेक्सिको सरकारका अनुसार, चार अस्पताल र क्लिनिकमा क्षति पुगेको छ । त्यसबाहेक अनेकौं चर्च, भवन र बजारमा क्षति पुगेको खबर छ । एजेन्सी