भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै झन्डै ३ करोड दिल्लीवासीमा एक सर्भे गरिने भएको छ ।
यो सर्भे भनेको त्यहाँका मानिसहरुमा कोरोनाभाइरस परीक्षण गरिने पनि हो । यसका लागि दिल्ली सरकारले घरघरमा चिकित्सक पठाउने तयारी गरेको बताइएको छ । दैनिक उच्च संख्यामा कोरोनाभाइरस संक्रमित बढेसँगै यो योजना ल्याइएको हो ।
अहिले भारतमा सबैभन्दा बढी संक्रतिम दिल्लीमा रहेका छन् । यसअघि भारतको आर्थिक राजधानी मुम्बईमा धेरै संक्रमित भेटिएका थिए । अब दिल्लीमा कम्तिमा पनि ७० हजार मानिसमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
दिल्लीमा अब कोरोना संक्रमितको उपचारका लागि अस्पतालका शैय्या पनि अभाव हुन थालेका छन् । एजेन्सी