logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुशान्त सिंहको मृत्युले तनावमा रहेका १४ बर्षीय किशोरले गरे आत्महत्या


अंकुरण खबर
1.664K
Shares

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको खबरले तनावमा रहेका उनका एक अर्का फ्यानले आत्महत्या गरेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार १४ बर्षीय ती किशोर नागपुरको जरिपटकाका हुन। सुशान्तको मृत्यु पछि उनी शोकमा डुबेका थिए। परिवारका सदस्यहरूले यस घटनाबाट उनको ध्यान मोड्न निरन्त प्रयास गरिरहेका थिए।

उनी तनावमा देखिएपछि परिवारले उनलाई टेलिभिजनबाट टाढा राखिएको थियो । तर, उनले आत्महया गरे ।

भारतीय मिडियाका अनुसार सुशान्तको मृत्युको खबरले आत्महत्या गर्ने उनी सुशान्तका ७ औं फ्यान हुन। यसअघि ६ जनाले आत्महत्या गरेका छन्।

सुशान्तले अघिल्लो हप्ता मुम्बई स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए।

उनको पोष्टमार्टमबाट आत्महत्या पुष्टि भएको छ।