logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ कम्युनिष्ट पार्टीका नेतामाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी


अंकुरण खबर
1.17K
Shares

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टी ‘सीसीपी’का अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई भिसा नदिने तयारी गरेको हो ।

नयाँ प्रतिबन्ध सीसीपीका वर्तमान तथा पूर्व अधिकारीमाथि केन्द्रित रहने विदेश मन्त्री पोम्पेओले जानकारी दिए । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने घोषणा गरेका थिए । सोही भनाइलाई बल पुग्ने गरी विदेशमन्त्री पोम्पेओको भनाइ आएको हो ।

चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटिमा आइतबारदेखि नयाँ सुरक्षा कानूनमाथि छलफल हुनेछ । नयाँ सुरक्षा कानून अनुसार चीनले हङकङमा पहिलो पटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दैछ । यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । एजेन्सी