अन्तर्राष्ट्रिय

चीनलाई भारतीय प्रधानमन्त्री मोदीले दिए यस्तो जवाफ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईतवार भारतसँग दुश्मनी मोल्नेलाई उत्तर दिन आफूले जानेको बताएका छन् ।

चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गत १५ जूनमा भएको हिंस्रक झडप पछि सीमामा भईरहेको गतिविधिका बारेमा बोल्दै मित्रता निभाउन पनि जानेको र आफ्नो देशलाई आँखा उठाएर हेरे त्यसको जवाफ दिन जानेको बताएका हुन् ।

आकाशवाणीमा मासिक रेडियो कार्यक्रममा बोल्दै उनले गलवान घाटीमा शहिद भएका आफ्ना २० सैनिकको प्रशंसा गर्दै उनीहरुको बलिदान त्यत्तिकै खेर जान नदिने बताएका छन् ।

उनले भने, ‘हाम्रा सैनिक सीमामा तैनाथ छन्, उनीहरुले मा भारतलाई कहिल्यै आँखा उठाएर शत्रुलाई हेर्न दिँदैनन्, देशको संप्रभुत्ताको रक्षाका लागि लडिरहने छन्, भारत मित्रता निभाउन पनि जान्दछ र भूमी मिच्नेहरुमाथि उचित जवाफ दिन पनि ।’

गत १५ जूनमा भारत चीन सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा भएको हिंस्रक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो ।

त्यसपछि भारत र चीन दुबै देशका सैनिकहरुले सीमामा आफ्ना गतिविधिहरु बढाईरहेका छन् । सैन्य शक्ति प्रदर्शन देखि लिएर सीमामा लडाकू विमानहरुले समेत गस्ती गरिरहेका छन् । एजेन्सी

Comment here