logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीको सबैभन्दा खराब समय अझ आउनै बाँकी छ’


अंकुरण खबर
1.482K
Shares

कोरोना भाइरस (कोभिड-१९) को महामारीले विश्व प्रभावित बनिरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीको अवस्था झनै खबर हुने चेतावनी दिएको छ।

६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ। जसका कारण थुप्रै देशमा स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी बनेका छन् भने विश्वव्यापी अर्थव्यवस्था नराम्रो असर परेको छ। यस्तो अवस्था हुँदा पनि महामारी घट्ने संकेत देखिएको छैन्।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरका सरकारले सही नीतिको पालना नगरेको खण्डमा महामारी झनै खराब स्थितीमा पुग्ने चेतावनी दिएका छन्।

सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले सबै जनाले यो महामारी उन्मुलन होस् भन्ने चाहदा चाहदै पनि यो महामारी उन्मुलनको यात्रामा निकै टाढा रहेको बताए।

उनले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं।’

केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरेपनि विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेका कारण यसको स्थिती झनै खराब हुने देखिएको छ।

टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन्।