logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टेक्सासमा भोज गर्न गएका तीन सय युवामा कोरोना संक्रमण


अंकुरण खबर
1.3K
Shares

अमेरिकाको टेक्सासमा भोज गर्न गएका तीन सय युवामा कोरोना संक्रमण देखिएको छ।

गत महिना टेक्सासको ’पोङ्ग फेस्ट’ पार्टीमा सहभागी भएका तीन सय युवामा कोरोना संक्रमण देखिएको हो। ’पोङ्ग फेस्ट“ अमेरिकामा ग्रीष्मकाल मनाइने परम्परा हो, जुन स्थानीय स्कुले विद्यार्थीहरूले मनाउने गर्दछन् ।

भोजको समयमा धेरै किशोर किशोरीहरू कोरोनाभाइरस परीक्षणको नतिजाका लागि पर्खिरहेका थिए, भने त्यसबेला धेरैलाई कोरोना पोजिटिभ देखिएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यसैगरी, सहभागी भएका सबै किशोर किशोरीहरुलाई कोरोनाको परीक्षण गर्न र आइसोलेसनमा बस्न स्थानीय अधिकारीहरुले आग्रह गरेका छन्।

लेकवे मेयर स्यान्डी कोक्सले गत हप्ता फेसबुक लाइभ कार्यक्रमको बेलालाई सम्बोधन गर्दै, दुर्भाग्यवश, हाम्रो केसलोड बढ्न सक्ने छ किनभने उक्त ठाउँमा धेरै ठूलो पार्टी भएको थियो। ’ मेयरले शहरमा १०५ जनामा कोरोना संक्रमण देखिएको थियो, जसमध्ये ५० जना हाल सक्रिय रहेको सिएनएनलाई बताएका छन्।