logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा प्रतिबन्ध लाग्दा टिकटकलाई ७ खर्ब २४ अर्ब घाटा


अंकुरण खबर
793
Shares

भारतमा टिकटकमाथि प्रतिबन्ध लाग्दा मूख्य कम्पनी बाइटडान्सलाई ६ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लाग्ने प्रक्षेपण गरिएको छ ।

सीमा विवादका कारण पछिल्लो केही समयता भारत चीनबीच तनाव चुलिएको छ ।सीमा क्षेत्रमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चीन विरोधी भावना उग्र बनेको छ । जसको प्रतिफल स्वरुप सोमबारदेखि भारत सरकारले टिकटक सहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

चिनियाँ एप बन्द गर्नुको पछाडि डेटा चोरी गरेर आफ्नो देशभन्दा बाहिरका सर्भरमा पठाउने गरेको आरोप भारतले लगाएको छ । एपमाथि प्रतिबन्ध लगाउँदै भारतले चीनसँग व्यापार युद्ध छेडेको छ ।

यसैबिच भारतमा प्रतिबन्धित एप टिकटकको मूल कम्पनी बाइटडान्सले ६ अर्बभन्दा बढी (करिब सात खर्ब २४ अर्ब रुपैयाँ ) गुमाउने प्रक्षेपण गरिएको हो । चिनियाँ कम्युनिस्ट पार्टीद्धारा सञ्चालित अखबार ग्लोबल टाइम्सले बाइडान्सले भारतमा करिब १ अर्ब अमेरिकी डलर (एक खर्ब २० अर्ब ६५ करोड रुपैयाँ) लगानी गरेको छ । तर, त्यसबाट कम्पनीलाई ६ अर्ब भन्दा बढी घाटा हुनेछ ।

त्यतिमात्र नभएर भारतमा टिकटक बन्द हुँदा कम्पनीमा कार्यरत कतिपय कर्मचारीले रोजगारी समेत गुमाउने उल्लेख गरिएको छ । त्यसबाट सबैभन्दा बढी भारतमा कार्यरत कर्मचारी प्रभावित हुनेछन् । कम्पनीका अनुसार भारतमा हाल दुई हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । एजेन्सी