logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी भारतीय व्यापारी जसले कोरोना भाइरसबाट बच्न सुनको मास्क लगाए


अंकुरण खबर
2.444K
Shares

कोरोना भाइरस ‘कोभिड १९’ प्रकोपबाट बच्न मास्क लगाउनुपर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओको सुझाव छ।

यसबीचमा भारतका एक व्यापारीले भाइरसबाट बच्न सुनको मास्क नै लगाएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ४ लाख ७७ हजार नेपाली रुपैयाँमा उनले एक मास्क खरिद गरेका हुन् जहाँ सुन जडान गरिएको छ।

सुन जडित उक्त सुनौलो मास्क बनाउन ८ दिन लागेको बताइएको छ। महाराष्ट्रस्थित पुनेका व्यापारी शंकर कुरहादे गहनाका सौखिन हुन्।

४९ वर्षका उनले झन्डै एक केजी बराबरको सुन शरीरमा पहिरिएका छन्। औंठी, ब्रासलेट, नेकलेस सुनकै लगाएका उनले मास्क पनि सुनकै लगाएका हुन्।

हाल उनीसँग मानिसहरु सेल्फी खिचाउन रुचाउँछन्। सामाजिक संजालमा उनको तस्बिरहरु पनि सामाजिक संजालमा भाइरल बनेका छन्। एजेन्सी