logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १४ लाख नाघ्यो


अंकुरण खबर
897
Shares

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १४ लाख १५ हजार नाघेको छ । संक्रमणबाट ५ लाख ३४ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २९ लाख ३६ हजार नाघेको छ । त्यहाँ १ लाख ३२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा संक्रमितको संख्या १५ लाख ७८ हजार नाघेको छ । त्यहाँ ६४ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ६ लाख ८१ हजार नाघेको छ भने १० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

संक्रमित मुलुकको चौथो स्थानमा रहेको दक्षिण एसियाली मुलुक भारतमा ६ लाख ७५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । त्यहाँ १९ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उत्तर र दक्षिण अमेरिकी राष्ट्रहरुमा पनि कोरोना संक्रमण र मृत्युदर बढ्दो क्रममा रहेको छ ।

संक्रमणबाट मेक्सिकोमा ३० हजार ४ सय, पेरुमा १० हजार र चिलीमा ६ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वभर संक्रमण देखिएकामध्ये ५० प्रतिशतभन्दा बढी उपचारपछि निको भएका छन् । निको हुनेको संख्या ६४ लाख ६५ हजार नाघेको छ ।