logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिकटकले हङकङ बजार छाड्ने, अमेरिकामा पनि प्रतिबनध लगाउने तयारी


अंकुरण खबर
2.028K
Shares

टिकटकले हङकङ बजार छाड्ने भएको छ। टिकटकका प्रवक्ताले केह दिनमा टिकटकले हङकङ बजार छाड्ने बताएका छन्।

संचार माध्यम रोयटर्सका अनुसार टिकटकका साथै फेसबुक इंक (एफबीओ) लगायत अन्य टेक्नोलोजी कम्पनीहरूले पनि यस क्षेत्रका प्रयोगकर्ताको डाटाका लागि सरकारी अनुरोधहरूको प्रकृयालाई स्थगित गरेको छ।

चीनको बाइटडान्सको स्वामित्वमा रहेको शर्ट फर्म भिडियो एप्सले हङकङमा राष्ट्रिय सुरक्षा कानूनको स्थापना गरेपछि यस क्षेत्रबाट बाहिर निस्किने निर्णय गरेको हो।

हङकङको घटनाक्रमलाई प्रकाश पार्दै टिकटकका प्रवक्ताले टिकटक एप्सको संचालन रोक्ने निर्णय गरेको भन्दै उनले रायटरको प्रश्नको जवाफमा भने। यद्यपि, हङकङ बजार सानो भएपनि कम्पनीका लागि यसले ठुलो क्षति पुर्याउने संचार माध्यमहरुले जनाएका छन्।

टिकटकका अनुसार हङकङमा मात्रै एक लाख ५० हजार प्रयोगकर्ता रहेका छन्। यसैगरी, एनालिटिक्स फर्म सेन्सर टावरका अनुसार यस वर्षको पहिलो त्रैमासिकमा टिकटक गुगल प्ले स्टोर र एप्पल स्टोरबाट २ अर्ब भन्दा बढीले प्रयोगकर्ताहरुले डाउनलोड गरेको जनाएको छ।

यसैबीच, अमेरिकाले पनि टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबनध लगाउने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने जानकारी दिएका हुन् ।