logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इरानमा कोरोनाबाट एकैदिन २०० जनाको मृत्यु


अंकुरण खबर
832
Shares

इरानमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा दुई सय जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इरानमा एकैदिनमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको हो । यसअघि आइतबार इरानमा १६३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो ।

यससँगै इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सडाट लारीले मंगलबार इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्नु आफूहरुको लागि निकै दुःखदायी भएको बताएकी छिन् ।

उनले अहिले दिनानुदिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्नुको कारण मानिसहरुको व्यवहार र काम रहेको उनको भनाइ छ ।

पछिल्लो २४ घण्टामा इरानमा कोरोना भाइरसका दुई हजार ६३७ नयाँ संक्रमित फेला परेका छन् । यससँगै इरानमा कोरोना भाइरसका संक्रमितको संख्या पनि दुई लाख ४५ हजार ६८८ पुगेको छ ।

गत मे महिनाको अन्तिममा दुई महिनाकै सबैभन्दा कम संक्रमित फेला परेदेखि नै इरानमा कोरोना भाइरसका नयाँ संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि भइरहेको छ ।

पछिल्लो समय इरानमा कोरोना संक्रमण बढेसँगै इरानले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको छ । अलजजिरा