logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा यात्रु बस जलाशयमा खस्दा कम्तिमा २१ जनाको मृत्यु


अंकुरण खबर
715
Shares

चीनमा यात्रु बस तालमा पस्दा कम्तिमा २१ जनाको ज्यान गएको छ, अरु १५ जना घाइते भएका छन् ।

परीक्षा दिनका लागि जाँदै गरेका हाइस्कूल तहका विद्यार्थी चढेको बस कुसाओँ प्रान्तको एन्शुनमा मंगलबार दुर्घटनामा परेको हो ।

बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको हो । सो बसमा विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन्।

दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ । ती चालकले सो रुटमा सन् १९९७ देखि काम गर्दै आएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बसमा कति मानिस थिए र त्यसमध्ये कति विद्यार्थी हुन् भन्ने स्पष्ट भएको छैन। बस पानीबाट निकालिएको छ ।