logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.405K
Shares

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोनाका लक्षण देखिएपछि गरिएको स्वास्थ्य जाँचमा ६५ वर्षीय राष्ट्रपति जायर बोलसोनारोमा कोरोना पुष्टि भएको हो। बोलसोनारोले अन्तर्वार्ताका क्रममा आफूमा कोरोनाका लक्षण देखिएको बताएका थिए। बीबीसीका अनुसार कोरोना पुष्टि भएपछि उनले आफ्ना सबै बैठकहरू रद्द गरिदिएका छन्।

अहिले उनले हाइड्रोक्सीक्लोरोक्वीन लिइरहेका छन्। उनले दुई दिनअघि आफ्नो कोरोना परीक्षण गराएका थिए। तर उनले त्यसपछि आफू स्वस्थ रहेको दाबी गरेका थिए।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा आज बिहानसम्म ६६ हजारभन्दा बढीको मृत्यु भएको छ भने १६ लाख ७४ हजारभन्दा बढी संक्रमित भएका छन् ।