logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसमा कोरोना संक्रमित सात लाख नाघे


अंकुरण खबर
715
Shares

रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ ।

रुसको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका संक्रमितको संख्या सात लाख ७९२ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका ६ हजार ५६२ नयाँ संक्रमित फेला परेका थिए ।

त्यस्तै कोरोना भाइरसको कारण रुसमा मृत्यु हुनेको संख्या पनि १० हजार ६६७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण १७३ जनाको मृत्यु भएको हो । अहिलेसम्म रुपमा कोरोना भाइरसका चार लाख ७२ हजार ५११ संक्रमित निको भइसकेका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार रुस कोरोना संक्रमित संख्याको आधारमा सबैभन्दा प्रभावित चौथो मुलुक हो । यो सूचीको पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत छन् । अलजजिरा