logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा विद्यालयहरु खोल्ने तयारी, संक्रमण भने बढ्दै


अंकुरण खबर
1.352K
Shares

कोरोना संक्रमण बढिरहेको बेला अमेरिकामा विद्यालयहरु खोल्ने तयारी गरिएको छ ।

कोराना भाइरस नियन्त्रणका लागि कडा नियमहरु लागू गर्नु ठिक होइन भन्दै स्कूलहरु अब चाँडै नै खोल्ने तयारी अमेरिकी सरकारले गरेको हो ।

अमेरिकी संक्रामक रोग बिशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा एन्थोनी फाउचीले भने अहिलेको अवस्थामा बिद्यालयहरु खोल्नु घातक हुने चेतावनी दिएका छन । संक्रमण नियन्त्रणमा आइनसकेको र भयावह स्थिती यथावत रहेका कारण विद्यालयहरु खोल्ने निर्णय गलत सावित हुने उनको भनाइ छ ।

संक्रमण बढदै गएपनि अमेरिकामा स्वास्थ्य सतर्कता अपनाइएको छैन । सामाजिक दुरी कायम नगर्ने र मास्क समेत प्रयोग नगर्नेको संख्या पनि उल्लेख्य छ । एजेन्सी