logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, परिवारको रिपोर्ट आज आउँदै


अंकुरण खबर
832
Shares

बलिउड अभिनेता अमिताभ बच्चन तथा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

बच्चनले आफुलाई कोरोना पोजिटिभ भएको जानकारी ट्विटरमार्फत गराएका हुन् । कोरोना पोजिटिभ रिपोर्ट आएपछि बाउ–छोरा दुबैलाई नै शनिबार राति मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।

उनले विगत १० दिनयता आफु धेरैसंग सम्पर्कमा आएको भन्दै स्वास्थ्य परीक्षणको लागी पनि आग्रह गरेका छन् ।

उनका परिवारका अरु सदस्यहरुको परीक्षण गरिएको रिपोर्ट आज आउंदैछ । अभिनेताद्धय अमिताभ र अभिषेकलाई कोरोना पुष्टि भएसंगै उनीहरुको स्थास्थ्य लाभको कामना गर्न थालिएको छ ।

बलिउड अभिनेताहरु रितेश देशमु,मनोज बाजपेयी,अभिनेत्री अमीशा पटेल,परिणीति चोपडासिमी ग्रेवाललगायतले बच्चन परवारको स्वास्थ्यलाभको कामना गरेका छन् ।