logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमिताभ बच्चनको स्वास्थ्यमा सुधार


अंकुरण खबर
780
Shares

कोरोना भाइरसबाट संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा सुधारमा आएको छ।

मुम्बईको नानावटी अस्पतालमा उपचाररत अमिताभले कम्तीमा ७ दिनसम्म अस्पतालमै बस्नुपर्ने चिकित्सकले बताएका छन्। छोरा अभिषेक पनि ७ दिन अस्पतालमा बस्नेछन्।

गत शनिवार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो। त्यसको भोलिपल्ट ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि संक्रमण देखिएको थियो।

पीटिआईका अनुसार सबैको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ।