विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
योसँगै बुधबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ५४ हजार ४९० पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
यो सँगै मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ११८ पुगेको छ । यसैगरी, एकै दिन १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
बुधबार बिहानसम्म निको भएका ७८ लाख ४६ हजार ४२३ संक्रमितमध्ये १ लाख ५० हजार २५ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।