logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

स्पेनमा फेरि कोरोनाको सन्त्रास, १ हजार बढी संक्रमित फेला, केही क्षेत्रमा प्रतिबन्ध


अंकुरण खबर
845
Shares

धेरै प्रतिबन्धको बीचमा स्पेनको क्याटालोनियाको उत्तर पूर्वी क्षेत्रमा एकै दिनमा एक हजार भन्दा बढी संक्रमित फेला परेका छन् ।

स्वास्थ्य विभागले यो हप्ता आएको संक्रमणको तीव्र गतिलाई रोक्न खोजिरहेको छ । जसका कारण बार्सिलोनामा ४० लाख मानिसहरूलाई १५ दिनसम्म घरमा बस्न अनुरोध गरिएको छ । क्याटालोनिया स्पेनको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्रहरु मध्ये एक रहेको छ। त्यहाँ स्पेनमा कोरोनाको बढ्दो घटनालाई ध्यानमा राख्दै छिमेकी देश फ्रान्सले देशको सिमाना बन्द गर्ने कुरामा फेरि विचार गर्नु पर्ने बताएको छ ।

स्पेनमा अहिलेसम्म २.६ लाख घटनाहरू रिपोर्ट गरिएको छ जसमध्ये २८ हजार ४ सय मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा, क्याटालोनियामा एक हजार एक सय २६ वटा घटना भएको छ। ती मध्ये ८ सय ९४ केस बार्सिलोनामा छन्। त्यहाँ राति क्लब र जिम बन्द भएपछि रेस्टुरेन्ट र बारहरूमा प्रतिबन्ध लगाइएको थियो। एजेन्सी